राष्ट्रिय न्युज-पाल्पामा स्क्रब टाइफस बिमारीबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर १ सिद्धेश्वरमा रहेको वेद वेदाङ्ग संस्कृत तथ साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिता कुमाल रहेको रैनादेवी छहराका स्वास्थ्य शाखा प्रमुख जिवन रानाले जानकारी दिनुभएको छ।
प्रमुख रानाका अनुसार लगातार ज्वरो, रुघाखोकी लागे पछि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार गर्न लगिएको थियो। बालिकाको अक्सिजन लेभल समेत कम देखिएको र स्क्रब टाइफस पोजेटिभ देखिएको थियो । रिडीमा उपचार हुन नसकेपछि थप उपचारका लागि लैजाने क्रममा बाटोमा बालिकाको मृत्यु भएको थियो ।
रैनादेवी छहरामा डेंगु तथा स्क्रब टाइफस बिमारीहरु बढीरहेको हुँदा प्रभावीत क्षेत्रमा स्वास्थ्य कर्मीको टिम पुगेर स्क्रिनिङ गरिने समेत स्वास्थ्य शाखा प्रमुख रानाले जानकारी दिनु भयो ।
-सांकेतिक तस्बिर गुगल












