राष्ट्रिय न्युज- नेपाली नारीहरुको महानपर्व हरितालिका तीज मंगलबार धुमधामसँग मनाईएको छ । हरेकबर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज पर्व मनाईएको हो। सोही अनुशार महिला दिदीबहिनीले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । तीजको दिन निराहार व्रत बसे अविवाहित नारीले राम्रो बर पाइने र बिबाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै पुजाआजा शिबालय मन्दिरमा भिड लागेको थियो ।
तीजको अघिल्लो दिन दर खाने चलन छ,विशेषगरी माइती एवम दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दिदि-बहिनी, आमा-छोरी, सासु-बुहारी गीत मार्फत बर्षदिन भरि दुख सुख पिडा बेदनाको बिलौना घर आगन पिढीमा बसेर गीत मार्फत पोख्ने चलन थियो ।
तर पछिल्लो पटक महिना दिन पहिलादेखि सम्पन्न परिवारका सदस्यले आलो पालो घर घरमा गएर पाटी प्लेसमा गएर दर खाने म्युजिक बजाएर नाच गान रमाइलो गर्ने चलन शुरु हुँदा कतै तीजको मौलिक संस्कृति लोप हुने त होईन भन्ने संका समेत उत्पन्न भएको छ । यस पटक पाल्पाका केही ठाँउमा बाहेक धेरै ठाँउमा म्युजिक डेक बजाएर आफ्ना आफ्ना घरमा परिवारका सदस्यमा सिमित भई नाचेर सामाजिक संजालमा पोष्टयाउने गरेको देखियो भने सामुहिक रुपमा जम्मा भएर मौलिक तीजका गीतमा नाचगान गर्ने परम्परा कम हुदै गएको देखियो भने महिला दिदी बहिनीहरुको उपस्थिति पनि पातलिएको देखिएको छ ।हरितालिका तीजको दिन शिब मन्दिरमा पुजा गर्ने व्रत बस्ने दिनभरी डाडा काडा भन्ज्यांग चौतारीमा महिला दिदी बहिनीहरु जम्मा भएर मौलिक तीजका भाकामा नाच गान गरी रमाइलो गर्ने दिदी बहिनीको संख्या पनि न्यून देखियो । गाँउबाट आन्तरिक बसाई सराई गरी शहर केन्द्रित भए संगै पुरानो थलोमा सुन्य उपस्थिति चंगा उडाउने, चर्के पिंग खेलाउने परम्परा पनि तोडिएको देखियो । तर पनि तानसेन बजार, रामपुर बजार, प्रवास, दमकडा लगायत बिभिन्न ठाँउमा जमघट भने राम्रै देखियो । तीज समग्रमा हेर्दा आफ्ना आफ्ना घरमा परिवारमै केन्द्रित र सामाजिक संजालमा सिमित भन्दा कति फरक नपर्ला ।












