राष्ट्रिय न्युज - पाल्पा र स्याङ्जा सिमाना राम्दीबाट लागू औषधसहित दुई युवा जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल, फेनेरागन ३७ उम्पुल गरी जम्मा ११० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभएको छ ।
सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूको साथबाट उक्त नियन्त्रित लागु औषध फेला परेकाे प्रहरीले जनाएकाे छ ।













