राष्ट्रिय न्युज- वाक कलाले भरिपुर्ण पाल्पाली बाल प्रतिभा ओजस्वी आचार्यलाई फेरी अर्को सफलता मिलेको छ । सशस्त्र प्रहरी बल नेपालले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ओजस्वीले प्रथम पुरस्कार जित्न सफल भएकी हुन। लुम्बिनी प्रदेशका ७२ विद्यालयका ११६ जना छात्र छात्रा बीच भएको प्रतिस्पर्धामा ओजस्वीले यो सफलता हात पारेकी हुन। सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयको आठौँ स्थापना दिवसको अवसरमा श्रव्य दृश्य (भिडियो रेकर्ड) प्रतियोगिता आयोजना गरिएको थियो । शनिबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ओजस्वीलाई पुरस्कार हस्तान्तरण गरे संगै लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण अभियानको सद्भावना दूत घोषणा समेत गर्नु भएको छ ।
तानापा ९ स्थित दमकडा नमुना माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा ओजस्वी आचार्य आफ्नो परिवारसंगै बिद्यालयका प्रधानअध्यापक मोहन सापकोटा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्याल सहित सम्मान समाहारोमा उपस्थित भएकी थिइन् । पछिल्लो पटक एनआरएनए सम्मेलनमा सहभागी भएर सद्भावना दूत बनेकी बाल प्रतिभा ओजस्वी सामाजिक संजाल देखि संचार माध्यम सर्वत्र उत्तिकै चर्चामा रहेकी छिन ।













