राष्ट्रिय न्युज - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै शुक्रबार देशभर विरोध कार्यक्रम गरेका छन् । प्याब्सनले देशभरका निजी विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर लगाई विद्यालय नजिकै रहेका चोक चोकमा सवारी साधानहरु उतारेका थिए । यसै अन्तर्गत पाल्पामा पनि संचालित निजी बिद्यालयहरुले पनि सोही अनुरुप आन्दोलन गरेका छन। जस अनुशार पाल्पा जिल्लाको सदरमुकाम तानसेन लगायतका क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरेका हुन् ।
सरकारले विद्यालय शिक्षा विधेयकका चार बुँदा संशोधन नगरे आन्दोलन चर्काउने प्याब्सनले बताएको छ । जसमा गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, हालको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क तथा मासिक पढाइ शुल्क समावेश गर्नुपर्ने माग राखेको छ ।














