राष्ट्रिय न्युज- नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा जिल्लामा क्रियाशील महिला पत्रकारहरुको लागि अनुशिक्षण चलाइएको हो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयक अनुशिक्षण कार्यक्रम राखिएको हो। तीज मिलन कार्यक्रमसँगै जिल्लामा पत्रकारिता गरिरहेका र पत्रकारितामा प्रवेश गरेर सक्रिय रहदै आएका नयाँ महिला पत्रकारहरुको समय अनुसार क्षमता विकास गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रम गरिएको प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।

अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष तथा प्रेस चौतारी फाँट इन्चार्ज राजेश कुमार अर्यालले पत्रकारिताका नयाँ आयाम र महिला दृष्टिकोण विषयमा प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय सञ्चार प्रविधिको तीव्र विकासले पत्रकारिता क्षेत्रलाई आमूल परिवर्तन गरेको बताउदै फाँट इन्चार्ज अर्यालले परम्परागत पत्र–पत्रिका, रेडियो, टेलिभिजनसँगै न्यू मिडिया र डिजिटल पत्रकारिता मुख्यधारा बनेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी फाँट सहइन्चार्ज बन्दना पोखरेल, नेपाल प्रेस युनियन पाल्पा सभापति मन गहिरे, समाजवादीप्रेस संगठन केन्द्रीय सदस्य रमा भण्डारी, सञ्चारिका समूह पाल्पा अध्यक्ष सिता डोटेल, चौतारी सदस्य गीता रेग्मीलगायतले आफ्नो पत्रकारिताको अनुभव सुनाउनुभएको थियो ।
अनुशिक्षण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, पूर्व केन्द्रीय सचिवालय सदस्य गोविन्द भट्राई, प्रदेश सचिव कृष्ण पोखरेल, नेकपा एमाले पाल्पा प्रचार विभाग सचिव रेखीराम राना, निर्वतमान अध्यक्ष राजेन्द्र लिगल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस चौतारी पाल्पाकी उपाध्यक्ष रीमा सोमैको अध्यक्षतामा सम्पन्न भएको थियो ।











