राष्ट्रिय न्युज तानसेन, पाल्पा-
तानसेन नगरपालिका ६ नम्बर वडा कार्यालयले बसाईसराईको स्थितिलाई मध्यनजर गर्दै वडा कार्यालयमा बसाईसारी आउने परिवारहरूलाई पुष्प गुच्छा, अविर र खादा लगाएर न्यानो स्वागत गरेको छ । यस आर्थिक वर्षको सुरुवातमै निरादेवी कार्की रम्भा गाउँपालिकाबाट ६ जनासहित परिवारसदस्य सहित यस वडामा बसाइसरी आउनुभएको थियो । हरेक वर्ष बसाई सरी जानेदर ऋणात्मक हुँदै गइरहेको अवस्थामा वडा कार्यालयले रचनात्मक अभियानको सरी आउनेहरूलाई सकरात्मक संदेश प्रवाह हुने वडा वडा अध्यक्ष सागर मान महर्जनले बताउनु भयो । वडा परिवारले न्यानो स्वागत गर्दा खुसि लागेको निरादेवी कार्कीले बताउनु भयो । वडावाट हुने सेवा प्रवाह समेत छिटो छरितो भएको र आगामी दिनहरूमा पनी यस्तै अवस्था अपेक्षा गर्ने कार्कीले बताउनु भयो ।
पछिल्लो चार वर्षमा यस वडावाट मात्रै ७४ परिवार गएको र ५८ परिवार आएको देखिन्छ । जम्माजम्मी १६ परिवार ऋणात्मक देखिन्छ । साथै सङ्ख्यात्मक स्थितिमा हेर्ने हो भने पछिल्लो चार वर्षमा २४३ जना बसाई सरी गएको र १९४ जना सरी आएकोमा अझै ४९ जना ऋणात्मक स्थितिमा देखिन्छ तर पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने बसाईसराई केही सकारात्मक देखिएको छ । जसमा २५ परिवार बसाईसरी आएको स्थितिमा १६ परिवार मात्र गएको अवस्था छ । बसाईसराईको निराशाजनक अवस्थालाई मध्यनजर गर्दै सरी आउनेहरूलाई प्रोत्साहन गर्न तानसेन नगरपालिकाले केही रचनात्मक कदमहरू चाल्नुपर्ने अस्थिति देखिन्छ । निज निरा देवी कार्कीलाई वडाध्यक्ष सागरमान महर्जन, वडा सदस्यहरू गोमा गैरे, रेखा विष्ट वडा सचिव विशाल ओली, लगायत वडा कार्यालयले न्यानो स्वागत गरेको थियो ।













