राष्ट्रिय न्युज तानसेन ,पाल्पा-
तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
“महिलाहरुको सहभागिता शुशासन दिगो विकास र पारर्दशिता,“ विषयमा भएको प्रतियोगितामा प्रथम मेहलधारा टोल विकास संस्था, द्वितीय नारनडाडा शिवालय टोल विकास संस्था, तृतीय सिर्जनशील टोल विकास संस्थाले स्थान हासिल गरेका छन् । साथै शान्तवना समाज टोल विकास संस्थाको समूह सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार,दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार, सान्त्वना हुने समूहले ५ हजार र सहभागी समूहले २ हजार नगद, र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरपालिका भित्रका १४ वडामध्य २३ समूहको सहभागी रहेको प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगती माथी प्रहारका नयाँ रचना र महिला सहभागिता,विकास,शुशासन, समेटीएको भेषभूषाका मौलिकतालाई विशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक राम प्रशाद अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगिताका प्रमुख अतिथि रामग्राम नगरपालिकाका उप प्रमुख सम्झना चौधरीले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई कला, संस्कृति, परम्पराको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय तीज भड्किलो, खर्चिलो बन्दै गएकोले मौलिकतालाई बचाउदै तीज पर्व मनाउनु पर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङजालीले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराउने, दुःख सुख साट्ने काम गरेको बताउदै महिला अधिकारका विषयमा जानकारी गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले नगरस्तरीय तीज गीत प्रतियोगिताले आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । प्रतियोगितामा नगरका विभिन्न वडाबाट महिला समूहहरू विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रम सबिता भट्राइको स्वागत, चिना न्यौपानेको संचालनमा सम्पन्न भएको हो।










