राष्ट्रिय न्युज- कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या मात्रै १६ पुगेको छ । यसै घटनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ। १ सय ६० बढी स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत छन् । बिषाक्त मदिरा सेवन गरी मृत्यु हुने १६ जना नेपाली आप्रवासी श्रमिकहरु रहेको पुष्टी भएको छ । नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले सो घटनाको पुस्टि भएको एक बिज्ञप्ति मार्फत जानकारी गराएको छ।
बिज्ञप्तिमा भनिएको छ , मध्यपूर्विय आर्कषक श्रम गन्तब्य कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णत: प्रतिबन्धित छ । बन्देजका बाबजुत नेपालीसहित मुख्यत: एशियाली मुलका नागरिकहरु सो प्रतिबन्धित कार्यमा संग्लङ्ग भएको पाईएको छ जसका कारण आज ठूलो संख्यामा मानविय क्षति भएको छ ।
उता नेपाली दुताबास कुवेतले एक बिज्ञप्ति जारी गर्दै सो घटनामा ३५ जना नेपालीहरु अस्पतालमा भर्ना भएको जनाएको छ जस मध्ये केहीको मृत्यु भएको, केही गम्भीर अबस्थामा रहेकाको र अस्पतालहरुमा उपचार चलिरहेको बताएको छ भने केही अस्पतालमा उपचार गराउदै भए पनि सामान्य अबस्थामा रहेको बिज्ञप्तिमा जनाएको छ तर संख्या एकिन गरेको छैन।
प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो जुन उद्योगहरुमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने गर्दछ तर मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरुले बताएका छन् । कुवेतमा बेलाबेलामा मदिराका कारण नेपालीले ज्यान गुमाएको र प्रकाउ परेको समाचार आउने गर्दछ ।
हेरौ नेपाली दुताबास कुवेतको बिज्ञप्ति













