राष्ट्रिय न्युज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु जेल सारीएको छ। उनलाई शनिबार भैरहवाबाट प्लेनमा काठमान्डु लागिएको थियो। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग कुरा गर्दै लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका हुन ।
सभापति लामिछानेले उनीहरुसंगको कुराकानी बताए अनुशार ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछु, ‘४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे हुँ।’
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो । सोही बमोजिम रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । कारागार व्यवस्थापन विभागले शनिबार रुपन्देही कारागारबाट सिधै नख्खु लगेको हो ।













