राष्ट्रिय न्युज- स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनको आयोजनामा हरितालिका तीजको अवसर पारेर आँउदो भदौ ८ गते "तीज विशेष सांस्कृतिक प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ। त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा अध्ययनरत बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिन सक्ने स्ववियुले जनाएको छ।
स्ववियु सभापति मिलन घर्ती मगरले एक सुचना जारी गर्दै क्याम्पसभित्र अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभा, संस्कृति र सृजनशीलताको प्रदर्शन गर्न अनुरोध समेत गरेका छन । उक्त सुचनामा क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक कर्मचारीलाई उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा र सफलता वृद्धि गर्न विशेष आग्रह गरिएको छ ।
प्रतियोगितामा भाग लिने प्रतियोगीले "शिक्षा र संस्कृतिको संगम त्रिभुवन बहुमुखी क्याम्पस" बिषयमा प्रस्तुति दिन पर्नेछ भने प्रथम पुरस्कार ५ हजार प्रमाणपत्र, दोस्रो पुरस्कार ३ हजार प्रमाणपत्र, तेस्रो पुरस्कार २ हजार प्रमाणपत्र र सान्त्वना पुरस्कार प्रसंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बिस्तृत जानकारीको सुचना हेर्नुहोस











