राष्ट्रिय न्युज- कुवेतमा विषाक्त मदिरा सेवनका कारण ६ जना नेपालीले ज्यान गुमाएका छन। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि विभिन्न अस्पतालमा उपचाररत ६३ जनामध्ये हालसम्म १३ जनाले ज्यान गुमाईसकेका छन्। यो समाचार तयार पार्दासम्म मृतकहरु मध्ये ६ जना नेपाली रहेको नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लले जानकारी दिएका छन ।
नेपाली मृतक मध्ये कुवेतको अदान अस्पतालमा २ जना, साल्मिया क्षेत्रमा ४ को मृत्यु भएको पुष्टि भएको अध्यक्ष् मल्लले बताए ।यस घटनाले धेरै जनाको आइसीयुमा उपचार भईरहेको छ । कुवेतको स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायको समन्वयमा अनुसन्धान जारी रहेको बुझिएको छ ।
प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो जुन उद्योगहरुमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने गर्दछ तर मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरुले बताएका छन् । कुवेतमा बेलाबेलामा मदिराका कारण नेपालीले ज्यान गुमाएको र प्रकाउ परेको समाचार आउने गर्दछ ।
तस्बिर- गुगल













