राष्ट्रिय न्युज-पाल्पामा ऐतिहासिक रणउर्जेश्वरी भगवती जात्राको अवसरमा तानसेनको टुँडिखेलमा ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’ प्रतियोगिता सुरु भएको छ। भगवती जात्राको अवसरमा श्रीनगर भलिबल क्लबले भलिबल प्रतियोगिता सुरु गरेको हो। बिहीबार देखि सूरु भएको महिला तर्फको लिग चरणको पहिलो खेलमा आयोजक टिम श्रीनगर भलिबल क्लबलाई न्यू होराइन क्लब तानसेनले २-० को सोझो सेटमा पराजित गरेको छ । यस्तै महिला तर्फकै दोस्रो खेलमा चण्डेश्वरी युवा क्लब रिब्दीकोट ६ ले निस्दी भलिबल क्लबले २-० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । यस्तै तेस्रो खेलमा कानुङ्ग मगर भलिबल क्लबलाई न्यू होराइजन तानसेनले २-० को साझोे सेटमा हराएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले बताउनुभयो ।
यस्तै बिहिबारै खेलाईएको पुरुषतर्फको उद्घाटन खेलमा पाल्पा भलिबल क्लबले जीत हात पारेको छ । बेस्ट अफ फाइभ खेलमा ३-१ को सेटमा न्यू होराइजन भलिबल क्लवलाई पराजित गरेर पाल्पा भलिबल क्लबले जित हात पारेको हो। प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच।पाँच टिम सहभागी रहेका छन् ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्त्वना हुने टिमले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुने टीमले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको क्लवका सचिव एवं खेल संयोजक दिपक चौहानले बताउनुभयो । यो प्रतियोगिता भगवती जात्राको दिनसम्म चल्नेछ ।












