राष्ट्रिय न्युज-लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता समेत रहेका सन्तोष कुमार पाण्डेय नियुक्त भएका छन । नवनियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिमा नव नियुक्त मन्त्री पाण्डेले सपथ लिएका थिए ।
एकवर्षदेखि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य आफैंले राखेकाे युवा तथा खेलकुद मन्त्रालयमा लोसपाका संसदीय दलका नेता पाण्डेय नियुक्त गरेसँगै अब लुम्बिनीको मन्त्रिमण्डल १२ सदस्य भएको छ । रूपन्देहीको भैरहवा निवासी नवनियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डे लुम्बिनी प्रदेश सरकारमा चाैथाेपटक मन्त्री बनेका हुन् ।













