राष्ट्रिय न्युज- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार बिशेष पत्रकार सम्मेलन गर्दै आफू अहिले पनि नेकपा एमालेमा आबद्ध रहेको जानकारी गराउदै कसैले पनि आफ्नो सदस्यता खान नसक्ने टिप्पणी गरेकी छन।
रास्ट्रपति बन्नु पुर्व नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी भण्डारीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पाटीमा आउँन केहीदिन पहिला रोक लगाएपछी आफु एमाले मै रहेको आफ्नो सदस्यता नबिकरण भएको बताएकी हुन। उता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछी पुर्व रास्ट्रपति भण्डारीको सदस्यता स्वत निस्क्रिय भईसकेको बताएको छ ।
हेरौ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रेस बिज्ञप्ति













