राष्ट्रिय न्युज- दार्चुलामा सरकारी अनुदान रकम खान आफ्नै समुहका सदस्य दुई जनालाई मृत घोषणा गर्ने ब्याक्तिहरु प्रकाउ परेका छन। यसरी पक्राउ पर्नेमा दार्चुलाको शैल्यशिखर नगरपालिका जनकसिंह धामी र सोही नगरपालिकाका कृषि शाखाका प्रमुख दीपकराज विष्ट पक्राउ परेका छन्।
२ लाख २० हजार रुपैयाँको सरकारी अनुदान रकम खान आफ्नै समूहका दुई जनालाई मृत घोषणा गर्ने कार्यमा दुवै जना संघलन रहेका थिए । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन कृषक अगुवा समूहका अध्यक्ष जनकसिंह धामीले समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भनी नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले उक्त समूहलाई स्थानीय स्तरमा ओखर विकास कार्यक्रम अन्तर्गत २ लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गरेको थियो। मृत्यु भएको भनि बनाईएको पत्र कार्यान्वन गर्न कृषि शाखा प्रमुख बिष्टले सहयोग गरेको प्रहरीले जनाएको छ। साउन ७ गते प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ परेका जनकसिंह धामी शैल्यशिखर नगरपालिका मेयर विजय सिंह धामीका छोरा हुन्












