राष्ट्रिय न्युज- पाल्पाको तानसेनमा आयोजित तानसेन खानेपानी उपभोक्ता समितिको १० औ साधारण सभामा सम्बोधन गर्दै देश भर खानेपानी निशुल्क गर्ने खानेपानी मन्त्री प्रदिप यादवले घोषणा गरेका छन। भौगोलिक समस्या स्रोतसाधनको सिमितताका बाबजुद पनि सरकार खानेपानीको समस्या समाधान गर्नको लागि सधै प्रतिबद्द रहेको समेत मन्त्री यादवले बताए ।
तानसेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय रहेको बताउदै तानसेन–कालीगण्डकी बृहत पम्पिङ् खानेपानी आयोजना सफलतापूर्वक कार्यान्वयन भएकाले जनताको घरदैलोमा शुद्ध, सुरक्षित र पर्याप्त खानेपानी पुर्याउँदै सरकारको “सबै नागरिकका लागि स्वच्छ पानी” भन्ने सङ्कल्पलाई व्यवहारमा उतारेको भन्दै प्रसंसा समेत गरेका थिए ।
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर प्रसाद गैरे, लुम्बिनी प्रदेश सदस्य बिर बहादुर राना, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि सरोकारवाला, समाजसेवी बुद्दिजीवी लगायतको उपस्थिति रहेको थियो।













