राष्ट्रिय न्युज-पाल्पामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढेको छ । घरायसी समस्या श्रीमान श्रीमती बीच आपसी मनमुटावका कारण नै सम्बन्ध बिच्छेद हुने गरेको छ। साथै बैदेशिक रोजगारी, सामाजिक संजालको प्रयोग संगै झाँगिने समबन्ध जस्ता कारणले पारिवारिक कलह सँगै आपसमा मन मुटाव बढ्नाले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
गत आव २०८१/०८२ मा अदालतमा दर्ता भएका कुल मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदको रहेको छ । गत आर्थिक बर्षमा जिल्ला अदालत पाल्पामा कुल मुद्दा ८१५ वटा दर्ता भएकामा ४८१ वटा मुद्दा सम्बन्ध विच्छेदका मात्र रहेका थिए । त्यसमध्ये ४०४ वटा मुद्दाको फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
जिल्ला अदालत पाल्पाले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा १०९ वटा बढी मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा ७०६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८१५ वटा मुद्दा फछ्र्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ बाट आएका २७० मुद्दा र नयाँ दर्ता भएका ८१४ मुद्दा गरी जम्मा एक हजार ८४ मुद्दामध्ये ८१५ वटा मुद्दा फैसला गरिएको अदालतले जनाएको छ ।
तस्बिर:- गुगल फाइल












