राष्ट्रिय न्युज- पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्यापसमा प्राविधिक विषयकाे पठनपाठन हुने भएकाे छ । पश्चिम नेपालकै जेठाे क्याम्पसको रुपमा चर्चित यो क्याम्पसमा प्राविधिक बिषय पठनपाठन हुने भएको हो । यसै शैक्षिक सत्रदेखि विएससी सिएस आइटीकाे पठनपाठन सुरूवात गर्ने तयारी गरेकाे क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले जानकारी दिदै प्राविधिक विषयकाे पठनपाठन गराउनको लागि स्वीकृत पाएको बताउनु भएको छ ।
त्रिभुवन बहुमुखी क्यापस पाल्पाले प्राविधिक विषयकाे पठनपाठन स्वीकृत पाएको खबर सार्वजनिक भएसंगै पाल्पा जिल्लाका सरोकार वाला, शिक्षा क्षेत्रका हस्तीहरु, राजनीतिक दलका नेताहरु लगायतले खुशी व्यक्त गरेका छन । यस क्याम्पसमा गुल्मी, अर्खाखाची, स्याङ्जा लगायतका छिमेकी जिल्लाहरुबाट बिद्यार्थीहरु अध्ययनको लागि आउने गर्दछन ।












