राष्ट्रिय न्युज- रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने क्रममा दुई जना किसान ज्यान गुमाएका छन । कटहरीया नगरपालिका-२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नम्बर ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो । दुवै किसानहरुको धान खेतमा सिंचाईलाई पानी लगाउने क्रममा करेन्ट लागेको थियो ।
दुवै जनालाई उपचारका लागि अस्पताल लगीए पनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए ।












