राष्ट्रिय न्युज- पाल्पाको दोभान प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक रुम बहादुर खत्री २०८२ साल असार महिनाको उत्कृष्ट प्रहरी BEST POLICE OF THE MONTH घोषणा भएका छन । नेपाल प्रहरीको संगठनबाट दिइएको जिम्मेवारी व्यवसायीक निष्ठा सांगठानिक नीति बमोजिम कुशलतापुर्वक कार्य गरेको र सर्वसाधारण बीच नेपाल प्रहरीको छबी उचो राख्ने कार्य गरेकोमा प्रहरी नायव निरिक्षक खत्री असार महिनाको उत्कृस्ट प्रहरी घोषित भएका हुन।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले मासिक बैठककाे अवसरमा प्रहरी चौकी दोभानमा कार्यरत प्रहरी नायव निरीक्षक रुम बहादुर खत्रीलाई उक्त पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरेका थिए ।













