राष्ट्रिय न्युज-पाल्पामा आज गाँठे मंगल (घण्टाकर्ण) पर्व मनाइएको छ । गाँठे मंगल मनाएसँगै नेवारी पर्व साथै जात्राहरु शुरु हुने पुरानो मान्यता छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने प्रचलन छ। भने बच्चाहरुले नखुट्टे राक्षसको स्वरूपलाई चोकहरुमा तेर्स्याएर यात्रीहरुलाई बाटो छेकेर पैसा उठाउने रमाईलो गर्ने गर्दछन । पाल्पाको तानसेन र बिभिन्न ठाँउमा यस पर्व भब्य रुपमा मनाईने गर्दछ पाल्पामा पर्व शुरु भएसँगै बिभिन्न जात्राहरु निकाल्ने चलन छ ।
आर्थिक भौतिक लाभ हुने भन्दै घण्टाकर्णको पूजा आराधनालाई महत्त्वपूर्ण पर्वका लिने गरिन्छ ।भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा अनुसार गाँठे मंगललाई खोला नदी किनारमा लगेर जलाइन्छ । नवबिबाहित जोडीको जिबनमा आउने बाधा अर्चन र सत्रुबाट जोगिन सकिन्छ भन्ने मान्यता रहेको छ । कति जिल्लाहरुमा त बिहानै नुवाई धुवाई गरि घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने चलन छ भने औठी लगाएपछि भूतप्रेत नलाग्ने जनविश्वास नेवारी समुदायमा परम्परा पनि छ ।













