राष्ट्रिय न्युज- साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपाललाई ४-० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ । बंगलादेशकी खेलाडी सागोरिका एक्लैले ४ गोल गरेपछि बंगलादेशले नेपाललाई हराएको हो । नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो तर बंगालादेशसंग फेरी हार बेहर्नु पर्यो ।
बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्न सफल भएको छ भने नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो अर्थात उपविजेतामा सिमित रह्यो । नेपालले भुटानलाई ६-१ र ८-० तथा र श्रीलंकालाई दुवै खेलमा ७-० गोलअन्तरले हराएको थियो । नेपाल बंगलादेशसंग पहिलो खेलमा ३- २ गोलले पराजित भएको थियो भने अन्तिम खेलमा ४-० गोल अन्तरले पराजित भई उप बिजेतामा सिमित भयो ।













