राष्ट्रिय न्युज- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको छ । नेपालको जितमा पूर्णिमा र मीनाको ह्याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरेकी थिइन भने एक गोल आत्मघाती भएको थियो । दोस्रो खेलमा गत आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोल अन्तरले विजय भएको थियो ।
प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ भने बंगलादेशको ४ खेलमा १२ अंक भएको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक बनाउने शीर्ष स्थानमा रहेको टोली नै च्याम्पियन बन्नेछ ।











