राष्ट्रिय न्युज- दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश कमिटीले पाल्पामा केही क्रियाशील ज्योतिष तथा धार्मिक गुरुवर तथा धार्मिक जागरणमा मुख्य भुमिका खेल्ने संघसँस्थासँग परिचयात्मक र आपसी छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रदेश अध्यक्ष ज्ञानेन्द्र पाण्डे (गजल) ले सँस्थाले खेल्दै आएको भूमिका, भावी लक्ष्य र योजनाको वारेमा प्रकाश पार्नु भएको थियो, भने प्रदेश प्रवक्ता अनुप पौड्यालले सँस्थाले गरेको काम र योजनाको बारेमा वताउनु भएको थियो।
प्रदेश सह कोषाध्यक्ष जनक पोखरेल तथा सहसचिव जनक लम्साल प्रदेश सदस्य विष्णु राना तथा पाल्पा प्रदेश प्रतिनिधि ज्योतिष दशरथ पाण्डेले जोतिषजति संगठित हुने उद्देश्यले पाल्पामा परीचयात्मक कार्यक्रम आयोजना गरिएको बताउदै छिट्टै पाल्पा जिल्लामा विशेष भेला आयोजना हुने हुदा सँस्थामा आवध्द हुन ईच्छुक जोतिष जागरणमा योगदान पुर्याउनेहरुका लागि सँस्थामा ढोका खुल्ला रहेको जानकारी दिनुभयो। कार्यक्रम तानसेन २ नारायण स्थान मन्दिरमा प्रदेश अध्यक्ष ज्ञानेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।












