राष्ट्रिय न्युज- पाल्पा तानसेनमा साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य "लक्ष्य"को लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा भएको लोकार्पणमा प्रमुख अतिथि गलेङ्ग नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले ऐतिहासिक शैक्षिक धरोहर पाल्पाको चिनारी पहिल्यैदेखि नै भएकोले निरन्तरता दिनुपर्ने भन्दै सिर्जना गर्नु महत्वपूर्ण भएझै पाठकहरु प्रतिको आकर्षण मन मष्तिष्क छुन सक्नु पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।गुलेली काव्य "लक्ष्य"को प्रकाशनले नेपाली साहित्यमा थप योगदान पुगेको बताउनु भयो । समिक्षक साहित्यकार इन्दिरा ज्ञवाली पौडेलले पुस्तकमाथि समिक्षा गर्दै लक्ष्य लघुकाब्यमा देश , काल , परिस्थिति अनुसारको शिक्षा , सस्कृति , बिम्ब प्रतिबिम्ब ब्यङ्ग्यप्रधान र बोधगम्य परिस्कृत रुपमा १२ वटा शिर्षकमा काब्य रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिंष्ठानका सल्लाहकार बाबुराम कार्की, डाक्टर शङ्कर प्रसाद गैरे पाल्पा साहित्य समाजका संरक्षक् राजेन्द्र गोपाल सिह पत्रकार महासङ्घ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने , धवलपुस्तकालयका अध्यक्ष युवराज पौडेल लेखकका भाइ राधेश्याम ज्ञवाली, पाल्पा साहित्य समाजका अध्यक्ष पुस्कर अथक रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो। पुनाराम घिमिरेको स्वागत मन्तव्य प्रतिष्ठानका सचिव छबिलाल भुसालको सन्चालनमा सम्पन्न भएको थियो । लेखक रोहित प्रसाद ज्ञवालीद्वारा गुलेली काव्य "लक्ष्य"को बारेमा जानकारी गराउनु भएको थियो ।












