राष्ट्रिय न्युज- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप नगद पुरस्कारले सम्मान गर्न लागेको क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।













