राष्टिय न्युज- नेकपा बहुमत धर्मेन्द्र बास्तोला नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पोखराको छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष बद्रीनाथ पहारीलाई भ्रष्टाचारको आरोप लगाउँदै मोसो दलेर दुर्व्यवहार गरेका छन् । क्रान्तिकारी गण्डकी प्रदेशका कार्यकर्ताले शुक्रबार बद्रीनाथ पहारीमाथि मोसो दलेका हुन् ।
करिब २२ सय विद्यार्थी पढ्ने विद्यालयको मुख्य आयस्रोत व्यक्तिगत स्वार्थपूर्तिको लागि केही माफियासँग मिलेर पातले छाँगो पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको भन्दै पहारीमाथि दुर्व्यवहार गरिएको हो ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेश संयोजक राजन साउदले विज्ञप्ति निकालेर घटनाको जिम्मा लिँदै सांकेतिकरूपमा कारबाही गरेको दाबी गरेका छन् । उनले सम्झौतामा हस्ताक्षर गर्ने प्रअ विल्लीराम शर्मालाई समेत राजीनामा दिन चेतावनी दिएका छन् ।
हेरौ बिज्ञप्ति जस्ताको तस्तै











