पोखराको पृथ्वी नारायण क्याम्पस विएड तेस्रो वर्षमा अध्ययनरत रामपुर नगरपालिका वडा नम्बर ६ की दृष्टिविहिन विद्यार्थी विपना खनाललाई अध्ययनमा थप सहजता तथा उत्प्रेरणा प्रदान गर्न ल्यापटप प्रदान गरिएको छ ।
रामपुरमा आयोजित नगरस्तरीय बाल भेलामा विद्यार्थी विपना खनाललाई रामपुर नगरपालिकाका प्रमुख रमण थापाले बिपनालाई ल्यापटप हस्तान्तरण गर्नु भएको हो । ल्यापटप ग्रहण गर्नु हुँदै दृष्टिविहिन विद्यार्थी विपना खनालले ब्रेललिपीको माध्यम बाट मात्र अध्ययन गर्न कठिनाई भैरहेको सन्दर्भमा ल्याप्टपको माध्यम बाट थप कुरा सिक्न सहज हुने बताउनुभयो । अपाङ्गता भए पनि खुल्ला प्रतिस्पर्धा बाटै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य रहेको बताउँदै नगरपालिकाको साथ र सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
भेलाकै अवसरमा नगरपालिकाले आपतकालीन बालउद्धार कोष मार्फत विभिन्न समस्याबाट पिडित बालबालिकाको पोषणयुक्त आहार तथा शैक्षिक व्यवस्थापनका लागि नगर भित्रका ६ जना बालबालिकालाई राहत स्वरुप ७/७ हजार रुपैयाँ समेत सहयोग गरेको छ ।भेलाको अवसरमा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीले बालविवाह, लागुऔषध दुर्व्यसनी र आत्महत्याको न्यूनिकरणका लागि बालबालिकाको भुमिको विषयमा सचेतना प्रदान गर्नु भएको थियो । नगरभेलाले सारदा प्रसाद श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर बाल सञ्जाल गठन समेत गरेको छ ।












