पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजले एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । शनिबार माथागढी गाँउपालिका वडा नम्बर ४ झडेवा स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरको माथागढी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले उद्घाटन गर्नु भएको थियो । आफ्नो उद्घाटन मन्तब्य राख्दै प्रमुख अथिति घिमिरेले जिबन स्वस्थ भए सबै कुरा गर्न सम्भव हुन्छ, स्वास्थ्य नै जीवन हो, यसरी समुदाय लक्ष्क्षित् गरि सम्पर्क समाजले स्वास्थ्य शिविर चलाएर उदारणीय कार्य गरेको बताउनु भएको थियो । त्यस्तै माथागढी गाँउपालिकाका प्रबक्ता एबम वडा नम्बर ४ का अध्यक्ष शंकर दर्लामी मगरले जिबन रक्षाको लागि स्वास्थ्य उपचार नभई हुदैन, यस्तो मानवीय कार्यका लागि सम्पर्क समाजले वडा नम्बर ४ को झडेवालाई छनोट गरि निशुल्क स्वास्थ्य शिबिर संचालन गरेकोमा आभार व्यक्त गर्नु भएको थियो ।
उक्त शिविरमा ३२८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरि औषधी समेत उपलब्ध गराईएको थियो । जनरल फिजिसियन, महिला रोग, हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण हुनुको साथै दात, मुख र गिजा सम्बन्धी उपचार र परामर्श सेवा उपलब्ध गराईएको पालिकाका प्रबक्ता शंकर दर्लामी मगरले रास्ट्रिय न्युजलाई बताउनु भएको छ । जसको सहजीकरण वडा नम्बर ४ झडेवा, प्राबिधिक सहयोग बुटवल हस्पिटल प्रालि, ओम माथागढी डेन्टल क्लिनिक, औषधीको सहयोग नेपाल जेस्युइट सोसाइटी घोरबन्दा पाल्पाले गरेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजका अध्यक्ष राजन नेपालको अध्यक्षता, उपाध्यक्ष दिएस भट्टराईको स्वागत र सचिव हरि पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । 












