लुम्बिनी प्रदेश सरकारले भोलि बजेट प्रस्तुत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्न लागेको हो । आइतबार दिउँसो ३ बजे बस्ने लुम्बिनी प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक” पनि सभामा पेश गर्नेछन् ।
सरकारले यस वर्षको बजेटमा प्रदेशको समृद्धि र विकाससँग जोडिएका मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट केन्द्रित गर्ने सरकारको तयारी छ ।












