-रास्ट्रिय न्युज
टेन स्टार महिला समुहले माथागढीको सराई बजारमा सरफ उद्योग संचालन गर्दै आएको छ । सरफ बनाउने तालिम लिगेसंगै महिलाहरु आत्मनिर्भर र उद्यमशिल बन्न आफै उद्योग संचालनमा सक्रिय भएका हुन । माथागढी गाँउपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम नेड्पा परियोजना अन्तर्गत सरफ बनाउन महिलाहरुलाई तालिम दिने ब्यबस्था मिलाईएको थियो। सोही तालिम प्रश्चात माथागढी गाँउपालिका वडा नम्बर ३ कसेनी सराईका १० जना महिलाहरुले टेन स्टार लघुउद्यम समुह बनाई उत्पादन शुरु गरेका थिए भने सरफको उत्पादन नाम पनि टेन स्टार नै नामाकरण गरेका छन ।
माथागढ़ी गाँउपालिका वडा नम्बर ३ कसेनी सराईमा संचालित उद्योग एउटा कोठामा मात्रै सिमित हुदाँ सरफ बनाउदा प्रदुष्ण हुने र स्वास्थ्यमा समेत समस्या पर्ने भएकोले आफ्नै उद्योगको भवन आवश्यकता रहेको समुहकी अध्यक्ष पुष्पा थापाले बताउनु भयो। २०८१को साउन महिना देखि निरन्तर सरफ उत्पादान गरि बिक्री वितरण गर्दै आए पनि बजारीकरणका लागि प्रचार प्रसार गर्न सकिएनकी जस्तो लागेकोछ। उत्पादन गरिएको सरफ बजारीकरणका लागि सहयोग पाउने भए त राम्रै हुने रहेछ भन्ने अनुभव बटुलेको अध्यक्ष थापाले रास्ट्रीय न्युजसंगको कुराकानीमा बताउनु भयो ।
म आफै महिला हु महिला ससक्तिकरणका लागि सबैलाई सहयोग गर्न तत्पर छु। सरफ उद्योग संचालन गरिरहनु भएका महिला दिदीबहिनीहरुलाई पनि सक्दो साथ दिने माथागढी वडा नम्बर ३ कसेनीकी वडा महिला सदस्य एबम गाँउकार्यपालिकाकी सदस्य लिला सरा चिदीले भन्नु भयो । हरेक कार्यपालिका बैठकमा महिलाहरुको लक्षित् कार्यक्रमलाई सहयोग गर्नु पर्छ भन्ने आफुले आवाज उठाउने गरेको सोही अनुरुप गाँउपालिकाबाट सहयोग हुदै आएको उँहाले बताउनु भयो ।
सोही सरफ उद्योग संचालनमा सक्रिय पुर्वक लागेकी बिष्णु राना भन्नु हुन्छ हामीले खासै प्रचार गर्न सकेनौ की जस्तो लाग्छ। उत्पादान गरे जति बिक्री वितरण गरेका छौ। स्थानीय बजारमा अझै पनि बाह्य उत्पादित सरफ देखिएका छन।खासमा समबन्धित सबैले हाम्रो उत्पादानलाई एक पटक चेक गरि सल्लाह सुझाव दिए थप सुधार गर्दै अघि बढ्ने थियौ । सराईमा सरफ बन्छ भनेको त सुनेको हो तर कुन हो भन्ने मलाई थाहा छैन, यता बेच्न ल्याएको थाहा पाईएको छैन, सायत सम्पर्क गर्नेहरुलाई मात्रै घर सम्म पुर्याउनु हुन्छ की कसेनी खहरे घुम्ती खिमा रानाले भन्नु भयो ।
कसेनी मै माथागढी मसला उद्योग संचालनमा छ भने हर्पिक, साबुन र चप्पल उद्योगको लागि स्थानीयहरु समुह बनाएर उद्योग नै खोल्ने योजना बनाएका छन ।












