राष्ट्रिय न्युज ।
माथागढी गाँउपालिकामा संचालित “माथागढी भलिबल कप” को पुरुष तर्फको उपाधि झडेवा ‘बि’ टिम र महिला तर्फ गोठादीको टिमले जित्न सफल भएको छ ।
गत जेठ ८ गते देखि १० गतेसम्म माथागढी गाँउपालिका वडा नम्बर ४ झडेवामा संचालित प्रतियोगितामा माथागढीका बिभिन्न वडाबाट पुरुष र महिला टिमले सहभागीता जनाएका थिए । शनिबार खेलाईएको पुरुष एबम महिला दुवै फाइनल खेलमा झडेवाको ‘बि’ टिमले कसेनीको ‘सी’ टिमलाई हराउदै पुरुष तर्फको उपाधि सुरक्षित् गरेको थियो भने गोठादीको टिमले झडेवालाई हराउदै महिला तर्फको उपाधि पक्का गरेको थियो ।
जसमा पुरुष तर्फ पहिलो हुने झडेवा ‘बि’ ले ५० हजार रुपैया, मेडल र ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने कसेनी ‘सी’ ले ३० हजार, तेस्रो हुने हात्तिलुंग ‘ए’ ले २० हजार र सान्त्वना हुने कसेनी ‘बि’ ले १० हजार पुरस्कार सहित मेडल ट्रफी र प्रामाणपत्र प्राप्त गरेका छन । त्यसै गरि प्रतियोगिता कै पुरुष तर्फ झडेवा बि का शंकर चौहानले बेस्ट प्लेयर (सर्वोत्कृष्ट खेलाडी) को ट्रफी जित्न सफल भएका छन् । त्यसै गरि बेस्ट सर्भर हुम बहादुर घर्तीमगर (कसेनी सी), बेस्ट डिफेन्स भिम बहादुर दर्लामी (हात्तिलुंग ए), बेस्ट लिफ्टर प्रकाश गाहा (हात्तिलुंग ए), बेस्ट स्पाईकर प्रविन कनौजे (हात्तिलुंग ए) र बेस्ट ब्लकर सन्तोष सारु (झडेवा सी) छनोट भएका छन्।
महिला तर्फको खेलमा पहिलो हुने गोठादीको महिला टिमले ३० हजार, मेडल, ट्रफी र प्रामाणपत्र प्राप्त गरेको छ भने दोस्रो झडेवाले २० हजार, तेस्रो कसेनीले १० हजार र सान्त्वना हात्तिलुंगको टिमले ५ हजार, मेडल, ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका छन । महिला तर्फ प्रतियोगिता कै बेस्ट प्लेयर (सर्वोत्कृष्ट खेलाडी) दुर्गासरा गाहा छनोट भएकी थिइन्। त्यसैगरी बेस्ट सर्भर नविना चौहान (झडेवा), बेस्ट डिफेन्स रोजिना ढेंगा (गोठादी), बेस्ट लिफ्टर अमृता सिंजाली (झडेवा), र बेस्ट स्पाइकर बिमला मसरांगी (गोठादी) छनोट भई पुरस्कार जितेका थिए । माथागढी गाँपालिकाको आयोजनामा खेलाईएको भलिबल प्रतियोगिता रेफ्रीहरु देव बहादुर गाहा, नुन बहादुर खासु, दिपक चोहान र हिरा सुर्यबंसीले खेलाएका थिए ।
माथागढी कप प्रतियोगिता समापन कार्यक्रममा बिजेता टिम, खेलाडीहरु र रेफ्री लाई माथागढी गाँउपालिकाका अध्यक्ष एबम प्रमुख अथिति यम चिदी मगरसंगै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरे, गाँउपालिकाका प्रबक्ता शंकर दर्लामी मगर, खेलकुद संयोजक तेज घर्ति मगर, वडा नम्बर ६ का अध्यक्ष युब बहादुर ठाडा र शिक्षा शांखा प्रमुख प्रकाश पाठकले मेडल ट्रफी प्रमाणपत्र सहित पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
सोही अवसरमा बोल्दै प्रमुख अथिति चिदीले माथागढीबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले बिभिन्न प्रतियोगिता आयोजना गरेको बताउदै खेलाडीहरुलाई जिल्ला, प्रदेश र रास्ट्रिय स्तरका खेलहरुमा प्रतिनिधित्व गराउने आफुहरुको लक्ष्य रहेको बताउनु भयो । वडा ४ का वडा सदस्य खेमान गाहाले संचालन गरेको समापन कार्यक्रम खेलकुद संयोजक तेज घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
३ दिन सम्म चलेको प्रतियोगितामा २१ पुरुष र ६ महिला टिमको सहभागिता रहे पनि ३ टिम भने प्राबिधिक समस्याले बाहिरिएको खेल संयोजक तेज घर्तिमगरले जानकारी गराउदै माथागढी कप प्रतियोगिता सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो ।













