राष्ट्रिय न्युज ।
तेस्रो माडी महोत्सव माथागढी गाउँपालिका वडा नम्बर ३ सराई बजारमा शुक्रबार देखि सुरु भएकोछ। उद्याेग व्यापार संघ माथागढीको आयाेजनामा तेस्राे माडी महाेत्सवको माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा माथागढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीमगर, उद्याेग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई, व्यापार संघ पाल्पाका अध्यक्ष विष्णुबहादुर कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।
महाेत्सव उद्घाटन गर्ने समयमा हावाहुरी संगै पानी परेपछि कार्यक्रम छाेट्याइएकाे थियाे । कार्यक्रम उद्योग व्यापार संघ माथागढीका अध्यक्ष भेगराज थापामगरकाे अध्यक्षता, उपाध्यक्ष भानुभक्त बस्यालकाे स्वागत र महासचिव खेमान दिशामगरकाे संचालनमा भएको थियो। महाेत्सवमा १५० स्टल रहेका छन् । स्थानीय स्तरमा उत्पादित बस्तु, लत्ताकपडा, भाडाकुँडा, खाद्यान्न, हाेटलका स्टल रहेका छन् ।
महाेत्सवमा ३ कराेडकाे काराेबार हुने र एक लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा गरिएकाे संघका सचिव कृष्ण भट्टराइले जानकारी दिनुभएकोछ । महोत्सव उद्घाटन पुर्व माथागढी भित्रका विभिन्न महिला, आमा समूह, मन्दिर समिती, क्लब, गूठी लगायतले झाकी, भजन, झाम्रे र पन्चे बाजाको साथमा निकालिएको र्यालीले सराई खहरे बजार परिक्रमा गरेका थिए।













