राष्ट्रिय न्युज-माथागढीमा QEQS (सक्षम) कार्यक्रम अन्तर्गत अग्रेजी विषयका शिक्षकहरुको लागि ५ दिने तालिम सम्पन्न भएको छ । माथागढ़ी गाँउपालिका र ब्रिटिस काउन्सिलको आयोजनामा English for Teaching (EFT-21) Training (GROUP C and D) आयोजना गरिएको थियो ।झडेवा स्थित माथागढी गाँउपालिकाको कार्यालयको सभाहलमा चलेको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै माथागढी गाउँपालिका अध्यक्ष यम चिदीले शिक्षकहरु जसरी उत्साहपुर्वक तालिममा सहभागी हुनु भएको छ, त्यसै गरि ब्यबहारिक रुपमा प्रस्तुत हुन् र तालिममा सिकेका कुरा कार्य क्षेत्रमा लागु गर्न सुझाव दिनु भएको थियो ।एक अर्को प्रसङ्ग जोड्दै उहाँले भन्नु भयो। अब शिक्षकहरु एक अर्कामा हिलो छ्याप्ने प्रवृतिलाई छोडेर अब सम्बन्धित बिद्यालयमा केन्द्रित भई ब्यबहारिक रुपमा प्रयोग गरि गुणस्तरीय शिक्षा बिद्यार्थीलाई दिनु पर्ने बताउनु भयो ।
त्यस्तै ५ दिन सम्म तालिममा सिकाइएको कुरालाई सहभागी शिक्षकहरुको उत्साहलाई हेर्दा साचिक्कै ब्यबहारिक रुपमा लागु गर्ने कुरामा आफु ढुक्क भएको बिट्रिस काउन्सिलका प्रशिक्षक् ढक पुनले बताउनु भयो । मैले सिकाएको कुरालाई सहजै टिपिहाल्ने अब्बल शिक्षकहरु तालिममा सहभागी भएको भन्दै तारिफ गर्नु भएको थियो ।
त्यस्तै सहभागीहरुको तर्फबाट पवित्रा मल्ल र खेम बहादुर गाहाले तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र आत्मबल बढेको बताउदै आफुले अध्यापन गराउने बिद्यालयमा अंग्रेजी बिषयको सतप्रतिसत नतिजा निकाल्न लागि पर्ने बताउनु भयो । सोही कार्यक्रम समापन गर्दै गाँउपालिका प्रबक्ता शंकर दर्लामीले पटक पटक यस्ता खालका तालिमहरु गाँउपालिकाले आयोजना गरे पनि बार्षिक परिक्षाफलको नतिजा प्रकाशित हुदा सधै निराशा बन्नु परेको उदाहरण दिदै आगामी दिनमा सुधारिने कुरामा आफु आशाबादी रहेको बताउनु भयो ।
माथागढी गाँउपालिकाका प्रबक्ता एबम वडा नम्बर ४का अध्यक्ष शंकर दर्लामी मगरको अध्यक्षतामा, गाँउ पालिकाका अध्यक्ष यम चिदीको प्रमुख आथिथ्यतामा, पालिकाका शिक्षा शाखा प्रमुख प्रकाश पाठकको संचालनमा सम्पन्न भएको थियो ।
माथागढी गाँउपालिकाको झडेवामा ५ दिन सम्म चलेको तालिममा ब्रिटिस काउन्सिलका ढक पुन, ज्ञानेन्द्र यादब, ब्रिटिस काउन्सिल माथागढीका फोकल पर्सन लोकेन्द्र थापा र ब्रिटिस काउन्सिल स्थानीय प्रशिक्षक् कृष्ण प्रसाद खनालले प्रशिक्षण दिनु भएको थियो ।तालिममा माथागढी गाँउपालिका भित्रका बिभिन्न बिद्यालयका ४४ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
ब्रिटिस काउन्सिलसंगको सहकार्यमा माथागढी गाँउपालिकाले बिषयगत शिक्षकहरुको लागि बेलाबेलामा माथागढी अन्तर्गतका बिद्यालयका शिक्षकहरुको तालिमको आयोजना गर्दै आएको छ ।












