माथागढी।
उद्याेग व्यापार संघ माथागढीकाे आयाेजनामा यही जेष्ठ २ गतेदेखि १४ गतेसम्म तेस्राे माडी महाेत्सव हुने भएकाे छ । माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईमा महाेत्सव हुन लागेकाे मेला मूल आयाेजक समितिका संयाेजक एवम संघका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभएकोछ ।
माथागढी-माडी क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु घरेलु तथा साना उद्याेगबाट उत्पादित बस्तुकाे बिक्री, स्थानीय कलासंस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले महाेत्सव गर्न लागेकाे अध्यक्ष थापाले पत्रकार भेटघाटमा जानकारी गराउदै महाेत्सवमा स्थानीय स्टललाई निशुल्क प्रवेश दिइने बताउनु भयो ।
महाेत्सवमा १५० बढी स्टल रहनुको साथै बाल उद्यान, लत्ता कपडा, खाद्यान्न, हाेटल, घरेलु सामग्रीका स्टल रहने उहाँले बताउनुभयाे । महाेत्सवमा ३ कराेडकाे काराेबार हुने र १ लाख दर्शकले अवलाेकन गर्ने सङ्घले जनाएकाे छ ।
पत्रकार भेटघाटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कमलराज तिमिल्सेनाले स्थानीय व्यापारी व्यवसायीकाे उत्पादनलाई प्रबर्धन गर्न महाेत्सव सफल हुने विस्वास व्यक्त गर्नुभयाे । कार्यक्रम भेगराज थापाकाे अध्यक्षता, महासचिव खेमान दिशामगरकाे संचालनमा भएकाे थियाे । पत्रकार सम्मेलनमा पत्रकार महासंघ जिल्ला शाखाका निबर्तमान अध्यक्ष रेखिराम राना वडन नम्बर ३ का अध्यक्ष तेज घर्ती सहित विभिन्न मिडियामा आवद्ध पत्रकारहरु सहित आयोजक समितीका सदस्यहरुको उपस्थिति रहेकोे थियो।












