माथागढी।
माथागढी गाँउपालिकामा चलिरहेको अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिताको उपाधी रामपुर नगरपालिकाले चुमेको छ। बुधबार माथागढी गाउँपालिकाको सराई फुटबल मैदानमा भएको रामपुरले आयोजक माथागढी ए लाई ० को विरुद्ध १ गोल गर्दै उपाधी चुमेको हो।
शुक्रबारदेखि माथागढीस्थित सराई खेल मैदानमा चलिरहेको अन्तरपालिका फुटबल प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । माथागढी कपको उपाधि चुमे संगै विजेताले रामपुर १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकोछ। यस्तै दोस्रो आयोजक माथागढीले ७५ हजार र तेस्रो हुने तिनाउले ५० हजार नगदसहित पुरस्कार प्राप्त गरेका छ्न।












