माथागढी।
माथागढी गाँउपालिकामा जारी अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिताको पाँचौ दिनको खेल तिनाउ गाउँपालिका र तानसेन नगरपालिका बिच सम्पन्न भएको छ।
बुधबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा तानसेन नगरपालिकालाई १ का विरुद्ध ३ गोलले हराउदै तिनाउ गाउँपालिकाले तेस्रो स्थान पक्का गरेको छ।
तिनाउका खेलाडी अन्कीत रास्कोटी म्यान अफ दी म्याच भएको वडा नम्बर ३ का अध्यक्ष एबम खेल सम्योजक तेज घर्ती मगरले जानकारी दिनु भएको छ ।
शुक्रबारदेखि माथागढीस्थित सराई खेल मैदानमा चलिरहेको अन्तरपालिका फुटबल प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ। माथागढी कपको उपाधिका लागि बुधबार माथागढी गाउँपालिका र रामपुर नगरपालिकाको टिम बिच प्रतिस्पर्धा हुनेछ।
विजेताले १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ । यस्तै दोस्रो र तेस्रो हुनेले ७५ हजार, ५० हजार नगदसहित पुरस्कार पाउने छन ।













