माथागढी राष्ट्रिय न्युज ।
पाल्पा – माथागढी गाँउपालिका वडा नम्बर ३ कसेनीमा १३६ ओैँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर “श्रमिक अन्तरक्रिया” कार्यक्रम आयोजना गरिएको छ ।
सोही अवसरमा माथागढी गाउँपालिकाले ५११ जना श्रमिकहरुको लागि दुर्घटना वीमा गरेको जानकारी गराउदै काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिकको मृत्यु भएमा चार लाखसम्म वीमा रकम भुक्तानी पाउने गरी श्रमिकका लागि बिमा गरिएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनु भयो । दुर्घटना भएर उपचार गर्नुपरे १ लाखसम्म उपचार खर्च पाउने र अङ्ग गुमेमा चार लाखसम्म पालिकाभित्रका श्रमिकले आर्थिक रकम बिमा बापत पाउने अध्यक्ष चिदीले जानकारी गराउनु भयो ।
श्रमिककाे वीमाका लागि आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स कम्पनीसँग सम्झौता भएको छ । दुर्घटना वीमा गरेका व्यक्तिले आफू घटनमा परेपछि तत्काल कम्पनी वा पालिकामा जानकारी दिएर सेवा लिन कम्पनीका प्रदेश प्रमुख ध्रुब प्रसाद कोइरालाले आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रम गाउँपालिकाका अध्यक्ष यम चिदीको प्रमुख आतिथ्यता, वडाअध्यक्ष तेज घर्ती मगरको अध्यक्षता र वडा सचिव केशव जोशीको संचालनमा सम्पन्न भएको थियो ।













