पोखरा राष्ट्रिय न्युज ।
पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा उद्घाटन भएकोछ ।
उक्त महायज्ञको भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गरेका थिए । उत्घाटन पछि उनले कृष्णलिला कथा सुनाएका थिए । उनको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जनाकारी दिए ।
सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन बढ्ने प्रति बिश्वास लिएको थियो । दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन हो । यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हुन भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्।
यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ।












