राष्ट्रिय न्युज ।
पाल्पा-१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा माथागढी गाउँपालिकाको आयोजनामा "श्रमिक सम्मान तथा श्रमिकको दुर्घटना बिमा" कार्यक्रम झडेवा स्थित गाँउपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ ६५ जना श्रमिकलाई सम्मान गरिएको थियो भने पालिका भित्रका ५११ जना श्रमिक लाई मे १ बाटै लागु हुने गरि श्रमिक दुर्घटना बीमा गरिएको जानकारी गराईएको थियो । सो अवसरमा माथागढी गाँउपालिकाका अध्यक्ष यम चिदिले भौतिक संमरचना सडक बिस्तार जस्ता विकास निर्माण कार्य तिब्ररुपमा भए पनि जबसम्म श्रमिक खुशी हुदैनन, तबसम्म बिकास भएको महसुस गर्न नसकिने बताउदै माथागढी गाँउपालिकाले बिमा कार्यक्रम मार्फत श्रमिक खुशी पार्ने थोरै मात्रै भए पनि प्रयन्न गरेको बताउनु भयो । काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिकको मृत्यु भएमा चार लाखसम्म वीमा रकम भुक्तानी पाउने गरी श्रमिकका लागि बिमा गरिएको अध्यक्ष चिदीले बताउदै दुर्घटना भएर उपचार गर्नुपरे १ लाखसम्म उपचार खर्च पाउने र अङ्ग गुमेमा चार लाखसम्म पालिकाभित्रका श्रमिकले आर्थिक रकम बिमा बापत पाउने अध्यक्ष चिदीले जानकारी गराउनु भयो ।
त्यसै गरि उपस्थित सबैको मन्तब्यबाट स्वागत गर्दै वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीले पालिका भित्रैका श्रमिकका छोराछोरीलाई राम्रोसँग पढाएर उच्च शिक्षा हाशिल प्रश्चात भोलिका दिनमा यहिँ माथागढीको प्रशासनमा कर्मचारी बनेर जनतालाई सेवा दिन सक्ने बनाउन आफुहरुको प्रयत्नशिल रहेको बताउनुभयो ।
श्रमिकका वीमाका लागि आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख धुर्व प्रसाद कोईरालाले दुर्घटना वीमा गरेका व्यक्तिले आफू दुर्घटनामा परेपछि तत्काल कम्पनी वा पालिकामा जानकारी दिएर सेवा लिन आग्रह गर्नुभयो । मृत्यु भएमा बिमा गरे बापत ४ लाख रुपैया बिमा रकम पाईने बताउदै सतगत गर्न १० हजार र काज क्रियाको लागि ४० हजार समेत बिमा कम्पनीले उपलब्ध गराउने बताउनु भयो ।
सो अवसरमा गाँउपालिका उपाध्यक्ष बिष्णुमाया लुंचे, गाँउपालिका प्रबक्ता शंकर दर्लामी, नेकपा एमालेका प्रतिनिधि तारा बहादुर सारु, नेपाली कांग्रेसका प्रतिनिधि मधु पराजुली र एसआरडीसीएनका पिताम्बर बश्याल लगायतले पालिकाले गरेको सकारात्मक कार्यको चर्चा गर्दै सम्मानित ब्याक्तिलाई बधाई दिनु भएको थियो । पालिकाका रोजगार सम्योजक संजय रानाले श्रम, श्रमिक र रोजगारीको बिषयमा सबैलाई प्रस्ट्याउनु भएको थियो ।भने गाँउपालिका अध्यक्ष यम चिदीको अध्यक्षतामा, वडा नम्बर ३ का अध्यक्ष तेज घर्तीको स्वागत र पालिकाका सुचना अधिकारी नित्यानन्द खनालको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।












