रामपुर पाल्पा -
पाल्पाको रामपुरमा ब्राह्ममण समाज रामपुरको आयोजनामा धर्म सस्कृतिको पहिचान सहितको एकता, ब्राह्मण समाज नेपालको आवश्यकता नारा सहित ब्राह्मण जागरण अभियान २०८१ रामपुरमा सम्पन्न भएको छ। भजनकृतन झाकी र्याली सहितको जागरण सभामा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष एबं सन्त विद्वान चैतन्य प्रभुले ब्राह्मण नामले मात्र नभई आचरणमा ब्राह्मण हुनुपर्ने , धर्म सस्कृती नेपालिको पहिचानको अमुल्य गहना भएकोले सनातन हिन्दु सस्कृति नै सबै धर्मको मुल धर्म भएको साथै संरक्षण सम्बर्द्धनमा अभियान सान्दर्भीक रहेको बताउनु भयो ।
चैतन्यले राष्ट्रमा शान्ति राख्न धर्म सस्कृतिको पहिचान र नैतिक शिक्षाको आवश्यकता रहेको बताउदै धर्म सस्कार सस्कृतीमा चौतर्फि हमला रहेकोले देशमा अशान्ति आन्दोलन भैरहेको समेत बताउनु भयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैद्धिक सनातन धर्म सस्कार र सस्कृतिमा सबैको कल्याण हुने आफुलाइ विश्वास रहेकोले नैतिक शिक्षा विना समाजको विकासमा रुपान्तरण नहुने साथै भौतिक विकास निर्माण मात्र नभई त्यसको संरक्षण र सही उपयोग नै विकास रहेको बताउनुभयो । कार्यक्रमामा अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना ,ब्राह्मण समाज नेपाल जिल्ला सदस्य राजेन्द्र प्रसाद लम्साल लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
प्रचारात्मक मोटरशाइकल र्याली , धर्म सस्कृति सनातन हिन्दु धर्म सम्बन्धी भजन कृतन, झाकी र्यालि रामपुरको मुख्य बजार बेझाड बजार परिक्रमा गरी खुला मन्चमा कोणसभा गरिएको थियो।
सनातन हिन्दु धर्म सस्कार अनुसार सृष्टिका दश अवतार दर्मोदय दशावतार लोक नाटक , लोक गायक एबं काली गण्डकी स्वच्छ सरसफाइका अभियान्ता बुद्धि सागर बस्यालको सास्कृतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा लोक गायक बुद्धि सागर बश्यालले धर्मोदय दशावतार लोक नाटक बालनको सस्थागत विकासको लागि रु ५० हजार नगद आर्थिक सहयोग गर्नु भएको थियो।
कार्यक्रममा ब्राह्मण समाज रामपुरका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा , उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेको स्वागत मन्तव्य साथै खेमराज रेग्मीको सन्चालनमा सम्पन्न भएको थियो ।














