पाल्पा - पाल्पा जिल्लाकाे रामपुरमा स्कुटी दुर्घटना हुँदा एक जना वृद्धकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-३, का ७५ वर्षीय पदमबहादुर ठाडा रहेकाे प्रहरीले जनाएकाे छ । आइतबार साँझ ८:३० बजेतिर रामपुर ओइरीघाट भित्री सडकमा लु ०१-००४ प-८०३९ नम्बरकाे स्कुटी दुर्घटना हुँदा स्कुटी चालक ठाडा गम्भीर घाइते हुनुभएकाे थियाे । उहाँलाई उद्दार गरी उपचारका लागि रामपुर अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे ।













