बासुदेव ढकाल
(चैत्र २५) रामपुर पाल्पा । पशुपन्छी पालनमा उत्पादन तथा उत्पादकत्व बृद्धिको लागि आधारभूत पक्ष बारेको अन्तर्किया कार्यक्रम रामपुरमा भएको छ । रामपुर नगरपालिकाका पशुपालक कृषक सहभागी कार्यक्रममा पशु पोषण विज्ञ तुल्सी राम भण्डारीले पशुमा उत्पादकत्व बृद्धीको लागि उपयुक्त पोषण, गोठ वा खोर व्यबस्थापन, पशु स्वास्थ तथा उत्पादनमा बृद्धी हुने भएकोले पशु पालक कृषकले व्यबस्थापन पक्षमा ध्यान दिनका लागि जोड दिनुभयो ।
राप्ति फिड इण्डष्ट्रीज प्रा.लि. न.पा. ८, देउखरी दाङको आयोजना, सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाको व्यबसथापनमा भएको कार्यक्रमा, पशु विज्ञ हुमनाथ अर्याल, नेपाल बाख्रा पालन व्यबसायिक संघ केन्द्रीय उपाध्यक्ष सूर्य प्रसाद रेग्मी, श्रीकृष्ण उन्नत भैसी पालन श्रोत केन्द्र रामपुरका पशु पालक कृष्ण कुमार अर्यालले कृषकको समस्या, आहार व्यवस्थापन र पोषणको आवश्यकता रहेको समस्याका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।
राप्ति फिड इण्डष्ट्रीज प्रा.लि. लमही न.पा. ८, देउखरी दाङका सेल्स म्यानेजर सुदिप भण्डारीले सहभागीलाई स्वागत गर्दै ब्यवसायिक कृषकलाई पशु पोषण ज्ञानको कमिले उत्पादन लिन नसकेको र कम्पनीले पशुपन्छीको आहार परिपूर्ती गर्न हाइप्रो पेलेट दाना उत्पादन गरेको जानकारी गराउनु भएकोछ ।
होटल श्रीनगरमा सिताकुण्ड दुग्ध सहकारी संस्थाका अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव विनोद श्रेष्ठले गर्नु भएको थियो ।













