सुमित्रा कंडेल ,पाल्पा-
तानसेन नगरपालिकाले ६५ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको जनाएको छ ।
सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले तानसेनले गत वर्ष देखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि तानसेनले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो ।
तानसेन नगरपालिकाको आयोजना, प्राविधिक तथा अनुसन्धनात्मक कार्यका लागि युवा समुह यात्रा संस्थाको प्राविधिक सहयोगमा ६५ कुकुर बन्ध्याकरण गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख दुर्गा प्रशाद खनालले जानकारी दिनुभयो।
सर्जन डाक्टर सिजन सैजुले भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु भएकाले २०३० सम्म विश्वव्यापी रुपमा रेविजबाट मृत्यूलाई शुन्य गराउने अभियानसहित कार्यक्रम गरिएको बताउनुभयो ।
तानसेनको मिसन अस्पताल क्षेत्र,टक्सार टुडिखेल,दरबार परिसर,बसन्तपुर,दमकडा, लगायतका क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले बताउनुभयो।
कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय रहेको र शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले सोही विधि अपनाएको कार्यक्रमका अध्यक्ष तथा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीलेे बताउनुभयोजनाइएको छ । उहाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा हरेक वर्ष कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो ।
रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको उहाको भनाइ छ ।












