पाल्पा, जिल्लाको बगनासकाली –२ मा भिरमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मगलबार दिउँसो बगनासकाली–२ गोफेका ५० वर्षीय कमल विश्वकर्माको भिरमौरीले टोकेर मृत्यु भएको हो ।
विश्वकर्मा आर्यभन्ज्याङमा आरन व्यवसायी गरी खाना खानका लागि गोफेक तर्फ जाँदै गरेको अवस्थामा अचानक भिर मौरीले टोकी घाईते भएका थिए । उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको र चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।














