काठमाडौं ।
चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोड रोक्न ज्यानको बाजी लगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।













