बासुदेव ढकाल
चैत्र २०
रामपुर पाल्पा – पाल्पाको रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाले गत माघ १५ गते देखी २७ गतेसम्म संचालन भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेला २०८१ को आम्दानी खर्च सार्वजनिक गरेकोछ ।
संघको कार्यालय सभाहल भएको आम्दानी खर्च सार्वजनिक कार्यक्रममा रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चौथो रामपुर महोत्सव तथा व्यापार मेला २०८१ मा कुल आम्दानी १ करोड ३० लाख १० हजार पन्चासी रुपैया भएको र कुल खर्च १ करोड १ लाख २४ हजार आठ सय सत्र रुपैया खर्च भएको सार्वजनिक गरेका छन छन् ।
पत्रकार भेटघाट गरी अध्यक्ष ढकालले २८ लाख ८५ हजार २ सय ६८ रुपैया महोत्सवबाट संघ लाई खुद बचत आम्दानी भएको जानकारी गराएका छन् । जसमा ७९ लाख ८१ हजार १ सय, विशेष टिकट विक्री ६८ हजार ७ सय पचास, स्टल तथा होटल व्यवस्थापनबाट ५१ लाख ३४ हजार ५ सय, प्रायोजक सहप्रायोजक ५ लाख ४६ हजार, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा ७३ हजार ८ सय ७५ रुपैया, पशु पंछी तथा मत्स्य विकास निर्देशनालय ३० हजार आम्दानी भएको पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
त्यस्तै सास्कृतिक कार्यक्रम खर्च २३ लाख २७ हजार ५ सय, कलाकार आवास व्यवस्थापन १ लाख ५ हजार, टिकट व्यवस्थापन १ लाख ७२ हजार १ सय ५० रुपैया, संघसस्था कार्य समिति टिकट ७ लाख ७८ हजार २ सय, खानेपानी सरसफाई ४ लाख ४७ हजार, फोटो प्रदर्शनी १ लाख ८ हजार, फोटो ग्राफी भिडियो ग्राफी २ लाख ५० हजार, खादा फुलमाला माया चिनो ३ लाख ३ हजार, प्राथमिक उपचार तथा आपतकालिन २३ हजार, विद्युत तथा प्लम्वीङ्ग ३ लाख ९१ हजार सचिवालय तथा मन्च व्यवस्थापन ५ लाख ५९ हजार, कृषी प्रदर्शनी कृषक पुरस्कार ९१ हजार, सुरक्षा व्यवस्थापन ३ लाख ३५ हजार, वहाल विटौरी रमनोरन्जन कर ९ रामपुर नपा ३ लाख ४९ हजार ५५ रुपैया, रेडियो पत्रपत्रिका मिडिया २ लाख १९ हजार रुपैया सूचना प्रविधि तथा संचार १ लाख ५ हजार , प्रवेश द्वार निर्माण व्यवस्थापन ३ लाख ४८ हजार ७ सय , भलिवल प्रतियोगिता २ लाख २२ हजार २ सय २२, प्रतियोगितात्मक कार्यक्रम ६ लाख २८ हजार ९ सय ५२, झाँकी र्यालि १ लाख ४८ हजार ५ सय ५० भएको जानकारी गराइएको थियो ।
रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यकंममा सहभागी पत्रकारले जिज्ञासा राखेका थिए । बाणिज्य उपाध्यक्ष विष्णु वहादुर सारुको स्वागतबाट सुरु भएको कार्यक्रमा नेपाल पत्रकार महासंघ उपाध्यक्ष बन्दना पोखरेल, रामपुर उद्योग वाणिज्य संघ मिडिया संयोजक तथा प्रचार प्रसार उपसमिति संयोजक बासुदेव ढकाल सहसंयोजक दुर्गेश मल्ल, सामुदायिक रेडीयो रामपुर प्रतिनिधि शोभाकान्त पाठक लगाएत सहभागी पत्रकारहरुले महोत्सवको सफलता जन भव्यताका साथ सम्पन्न भएको थियो सोही रुपमा बचत हुन नसकेको महशुस भएकोमा जिज्ञासा राखेका थिए।
कार्यक्रम संघका महासचिव पुरुषोतम के सीले संचालन गर्नु भएको थियो । सोही अवसरमा महोत्सवमा उत्कृष्ठ रिपोटीङ्ग गर्ने पत्रकार इमान सिं रानालाई नगद सहिद सम्मान गरिएको थियो ।













