माधप पाण्डे चैत्र १४, पाल्पा
पाल्पा- जिल्लाको पुर्वखोला गाउँपालिका - २ जनसेवा युवा समुह जल्पाले नव वर्ष २०८२ साल बैशाख १ गते पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
राष्ट्रिय कलाकार ,स्थानिय कलाकार , स्थानिय झेकि, पन्चेबाजा र नृत्य सहित कार्यक्रम गर्ने क्लबका संयोजक तथा व्यवस्थापक श्रीधन कुवरले जानकारि दिनुभयो। साथै कुवरले जनसेवा युवा समुहले नयाँ वर्षहरुमा भलिबल प्रतियोगिता आयोजना गरिदैँ आएकोमा सोही वार्षिक कार्यक्रमलाई निरन्तरता दिएको साथै स्थानीय स्तरमा रहेको झेकि समेतको कार्यक्रम रहेको बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकर पुस्कल शर्मा,श्री देवि देवकोटा , डोलराज बारघरे, सिर्जन आले, रुपेश कार्कि लगायत स्थानीय कलाकारहरु यामु थापा, तिलन बारघरेको प्रस्तुति रहने सास्कृतीक संयोजक रनविर बरालले बताउनुभयो । स्थानीय स्तरको लोक सास्कृतिक समेत प्रत्येक टोलबाट झाकि सहित ल्याउने प्रत्येक समुहलाई पुरस्कार समेत रहेको बरालले जानकारि दिनुभयो ।
वडा खेल मैदानमा हुने भोलिबल प्रतियोगिता कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु. ६०,०००।-, रु. ३५,०००।- रु. २५,०००।- नगद ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कारका रासि रहेका छ्न भने खेल दर्ता शुल्क रु. ४५००।- रहेको छ।कार्यक्रमको उद्घघाटन बैशाख १ गते १ बजे हुने खेल संयोजक खेम ढेङ्गाले बताउनु भएको छ । साथै खेल दर्ताको लागि सम्पर्क नं.-रनविर बराल ९८४७४४६३९१डिल कुमार राना ९८६७१०३३३२ श्रीधन कवर ९८४७२२६४०९मा सम्पर्क गरि खेलको दर्ता सहभागिता जनाई सहयोग गरिदिनसमेत संयोजक ढेङ्गाले आग्रह गर्नुभएको छ ।













