पाल्पा-
दोस्रो तानसेन महोत्सव तानसेन नगरपालिकाको टुडिखेलमा चैत्र २२ देखि आयोजना हुने भएको छ।
तानसेन नगरपालिकाको आन्तरिक आम्दानीसंगै पर्यटन, ब्यापार, कृषि, रोजगारी , उद्योगको बिकास र बिस्तारलाई केन्द्रित गर्दै महोत्सवको आयोजना गर्न लागिएको हो। २०८१ चैत २२ गतेदेखी २०८२ बैशाख ३ गतेसम्म हुने महोत्सवको पाल्पा ब्यापार संघको आयोजना, बन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश , पर्यटन बिकास परिषद लुम्बिनी प्रदेश र घरेलु तथा साना उद्योग पाल्पाको सहआयोजनामा हुने महोत्सवको ब्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रा लि चितवनले गर्ने भएको छ।
महोत्सवमा पहिलो पटक फिस टनेल, औद्योगिक बस्तु तथा सेवाहरुको प्रदर्शनि र पर्वद्द्न, लगानीको अवसर सिर्जना र आकर्षण गर्ने, लघु घरेलु उद्योगको पर्वद्द्न र साना उद्यमि ब्यवसायिलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु साथै पाल्पाली उत्पादनको बजारीकरण र पर्वद्द्न, स्थानीय भाषा, सस्कृतिको जगेर्ना र स्थानीय प्रबिधिलाई प्रोत्साहन साथै बार्ह्य प्रबिधिको पहिचान लगायतका कार्यक्रमहरु रहने नगर प्रमुख सन्तोसलाल श्रेष्ठले बताउनुभयो ।
स्थानिय टोल विकास सस्था, विद्यालय ,स्थानीय संघ सस्थाको झाकि र र्याली साथै तानसेन डान्स आइडल लगायतका कार्यक्रम महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ। झाकि र र्यालीमा उत्कृष्ट प्रथम पुरस्कार रु. ५०,०००, दोस्रो रु. ३०,०००, तेस्रो रु २०,००० र सान्त्वना रु ५००० साथै डान्स आइडल तर्फ प्रथम पुरस्कार रु. ४५,५५५, दोस्रो पुरस्कार ३०,५५५, तेस्रो पुरस्कार रु. २०,५५५ र विद्याललय नृत्य तर्फ प्रथम पुरस्कार रु. १५,५५५, दोस्रो रु.१०,५५५ र तेस्रो रु. ५,५५५ पुरस्कारका राशिहरु रहेका छ्न् भने सहभागीहरुलाई प्रमाणपत्र समेत दिइने आयोजकले जनाएको छ।
महोत्सवमा ३०० बढि स्टल सहित ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान समेत आयोजकले गरेको छ । यस महोत्सवमा ८ करोडको कारोबार हुने तानसेन नगरपालिका लिएको छ । महोत्सव स्टलमा प्रवेश गर्नका लागि साधारण टिकट रु. ७५।–, विद्यार्थी रु. ५०।– तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको छ साथै मुल आयोजक समितिले आज प्रेस बिज्ञप्ति निकालेको छ।












